प्रेस युनियनको नवौँ महाधिबेशनमा ३१ जना निर्विरोध
हेटौंडा | साउन ७, २०७९
हेटौँडा : नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । यसै क्रममा तीन राससकर्मीसहित ३१ जना निर्विरोध निर्वाचित भएका हुन् ।
युनियनको नवौँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्विरोध हुनेहरुमा रासस दाङकी कार्यालय प्रमुख नरायणी रजौरे, केन्द्रीय कार्यालयका छविलाल कुमाल र पाल्पाकी सुशीला रेग्मी रहनुभएको छ । त्यसैगरी अन्य निर्विरोध हुनेहरुमा समावेशी उपाध्यक्षमा दीपेन्द्र वान्तवा, सचिवमा सहदेव चौधरी, केन्द्रीय सदस्यमा अशोक तिवारी र छायाचन्द्र भण्डारी हुनुहुन्छ ।
यसैगरी फुलमाया सुनार (फुलु), निमा वाङगेल लामा, अन्जना चौधरी, लक्ष्मीमान चौधरी, कमलाकुमारी चौधरी, जेविका कार्की, तेजना पण्डित, बालिका शिवाकोटी, रमा लुइँटेल, सुशिला सङ्ग्रौला, माया अधिकारी, सुवासकुमार सुनुवार, रीताकुमारी मगर, कौरव खत्री, अप्सरा पुडासैनी, निलीमा पौडेल, आत्मा गुरागाइँ, कृष्णकुमारी ढकाल, पूजा शर्मा, सृजनाकुमारी गौतम, जमुना न्यूरे, निर्मला भट्ट र नारद कोहार निर्विरोध चयन भइसक्नुभएको छ ।
प्रेस युनियनको केन्द्रमा पदाधिकारी, केन्द्रीय सदस्य र केन्द्रीय लेखा समितिसमेत गरी १२० जनाको प्रतिनिधित्व रहनेगरी विधानमा व्यवस्था गरिएकामा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष १२, महासचिव एक, उपमहासचिव छ, सचिव १७, कोषाध्यक्ष एक र केन्द्रीय सदस्य ७६ जनासमेत गरी कूल ११५ जना रहने व्यवस्था छ । त्यस्तै, केन्द्रीय लेखा समिति संयोजक एक र सदस्य चारजना समेत गरी पाँच सदस्य रहने व्यवस्था छ । कूल १२० पदमध्ये ११८ पदका लागि उम्मेदवारी परेको थियो । मनोनयन दर्ता नभएको अल्पसङ्ख्यक महिला कोटाको केन्द्रीय सदस्य र उपत्यका महिला कोटाको केन्द्रीय सदस्य पद छन् । अल्पसङ्ख्यक महिला केन्द्रीय सदस्यतर्फ एक जनाको कोटामा कुनै पनि मनोनयन दर्ता भएन । उपत्यका प्रदेशको महिला केन्द्रीय सदस्यमा दुई जनाको कोटामा एक जनाको मात्रै मनोनयन दर्ता भएको थियो । बाँकी ८७ पदका लागि भने मतदान प्रक्रिया अगाडि बढेको छ ।
पोखरा: कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् । विभिन्न बस्त...
आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ। आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ। नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीब...
नवलपुरमा तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने, दुई जना घाइते भएका छन् । गएराति ९ बजे कावासोती १४ अग्यौलीस्थित भित्रि सडक खण्डमा ग.प्र.०४–००१ प ८५९२ नम्बरको ...

